Good Health

Call Contact the business

Good Health Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Good Health, Medical and health, Kathmandu, .

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः Empowering health & wellness in Nepal || 40K+ strong community || Sharing the latest health news & innovations for healthcare workers and public || Join us for a healthier tomorrow|| 🇳🇵🇳🇵

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चात स्वास्थ्य प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्थि...
19/09/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चात स्वास्थ्य प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्थिति प्रतिवेदन
(मितिः २०८३ असोज ३ गते) स्वास्थ्य सूचना स्वास्थ्य खोज

19/09/2026
🍎 स्याउ खानुको ११ फाइदा यस्ता छन् ।।।----------------------------+---------------स्याउ केवल स्वादिलो मात्र होइन, स्वास्थ...
15/09/2026

🍎 स्याउ खानुको ११ फाइदा यस्ता छन् ।।।
----------------------------+---------------
स्याउ केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि वरदान हो। यसलाई सुपरफुड मानिन्छ किनकि यसमा फाइबर, भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट प्रशस्त पाइन्छ।

मुख्य फाइदाहरू:

1. पाचन सुधार्छ – फाइबरले कब्जियत घटाउँछ।

2. रोग प्रतिरोधक क्षमता बढाउँछ – भिटामिन सीले शरीरलाई बलियो बनाउँछ।

3. हृदयलाई सुरक्षित राख्छ – कोलेस्ट्रोल नियन्त्रणमा मद्दत गर्छ।

4. तौल नियन्त्रणमा सहयोगी – कम क्यालोरीले मोटोपना घटाउँछ।

5. मधुमेहको जोखिम घटाउँछ – पेक्टिनले रक्तशर्करा नियन्त्रण गर्छ।

6. मस्तिष्कलाई तन्दुरुस्त राख्छ – क्वेरसेटिनले स्मरणशक्ति मजबुत बनाउँछ।

7. छालालाई चम्किलो बनाउँछ – एन्टिअक्सिडेन्टले बुढ्यौली ढिल्याउँछ।

8. दाँत सफा राख्छ – चपाउँदा लार बढ्छ र दाँत बलियो हुन्छ।

9. फोक्सोको क्षमता बढाउँछ – फ्लेवोनोइड्सले दमजस्ता रोग रोक्छ।

10. हड्डीलाई मजबुत बनाउँछ – क्याल्सियमले हड्डी स्वस्थ राख्छ।

11. सस्तो र सजिलो – दैनिक आहारमा सहजै प्रयोग गर्न मिल्ने।
स्याउ खानुको महत्त्व यसका पोषक तत्त्वहरू र स्वास्थ्यमा पुर्‍याउने फाइदाहरूमा आधारित छ। यो फलले पाचन, हृदय, मस्तिष्क, छाला, दाँत, फोक्सो र हड्डीको स्वास्थ्यलाई सुधार गर्नुका साथै रोग प्रतिरोधक क्षमता बढाउँछ, तौल नियन्त्रण गर्छ र मधुमेह जस्ता रोगहरूको जोखिम कम गर्छ। त्यसैले, स्याउलाई दैनिक आहारमा समावेश गर्नाले समग्र स्वास्थ्यमा ठूलो फाइदा पुग्छ।नियमित स्याउ सेवनले सम्पूर्ण शरीरलाई पोषण दिन्छ र रोगबाट जोगाउँछ।
fans Highlights Nepal Follower Good Health

मेडिकल अफिसरलाइ सरुवा सहमति सम्वन्धी धुलिखेल नगरपालिकाको सूचना !! Good Health स्वास्थ्य सूचना Top fans Ministry of Healt...
15/09/2026

मेडिकल अफिसरलाइ सरुवा सहमति सम्वन्धी धुलिखेल नगरपालिकाको सूचना !! Good Health स्वास्थ्य सूचना Top fans Ministry of Health and Population-Nepal स्वास्थ्य खोज Loksewa Nepal

जापनिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सन्चालन सम्बन्धी मार्गदर्शन २०८३ ।।     Good Health स्वास्थ्य खोज Top fans स्वा...
06/09/2026

जापनिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सन्चालन सम्बन्धी मार्गदर्शन २०८३ ।। Good Health स्वास्थ्य खोज Top fans स्वास्थ्य सूचना

राहतसँगै स्वास्थ्य सुरक्षा सबैको जिम्मेवारी हो ।।     Good Health स्वास्थ्य खोज स्वास्थ्य सूचना Ministry of Health and P...
05/09/2026

राहतसँगै स्वास्थ्य सुरक्षा सबैको जिम्मेवारी हो ।। Good Health स्वास्थ्य खोज स्वास्थ्य सूचना Ministry of Health and Population-Nepal Following

सात महिला स्वास्थ्य स्वयंसेविका सम्पर्कविहीन ।। बाढीका कारण रसुवा जिल्लाका रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीम...
05/09/2026

सात महिला स्वास्थ्य स्वयंसेविका सम्पर्कविहीन ।। बाढीका कारण रसुवा जिल्लाका रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीमा सात जना स्वास्थ्य स्वयंसेविका सम्पर्कविहीन भएका छन् । स्वास्थ्य सूचना Good Health Ministry of Health and Population-Nepal स्वास्थ्य खोज

“ औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेती (नियमन र उपयोग ) ऐन, २०८३”____________________________________________...
04/09/2026

“ औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेती (नियमन र उपयोग ) ऐन, २०८३”
________________________________________________________
गण्डकी प्रदेशमा परम्परागत रुपमा सामाजिक, सांस्कृतिक र औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती र उपयोग हुँदै आएको सन्दर्भमा गाँजा खेतीलाई प्रदेशको भौगोलिक विशेषता, जमिनको उर्वरता र बालीगत उपयुक्तता तथा व्यावसायिक सम्भाव्यता समेतका आधारमा प्रदेशमा उपलब्ध जमिनमा औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि व्यवस्थित रुपमा गाँजा खेती गर्नका लागि अनुमति प्रदान गरी रोजगारी र आय आर्जनमा अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गरी नियमन र उपयोग गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ । Good Health स्वास्थ्य खोज स्वास्थ्य सूचना

दैलेखमा आमा समूहको अगुवाइमा गर्भवती तथा सुत्केरी आमाका लागि पोषण अभियान !!!:::::::::::::::::::::::::::::::::::::::::::::...
04/09/2026

दैलेखमा आमा समूहको अगुवाइमा गर्भवती तथा सुत्केरी आमाका लागि पोषण अभियान !!!
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
दैलेख । डुङ्गेश्वर गाउँपालिका–२ मा रहेका जनचेतना स्वास्थ्य आमा समूह र फुलबारी स्वास्थ्य आमा समूहले गर्भवती तथा सुत्केरी आमाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले उदाहरणीय सामाजिक अभियान सञ्चालन गरेका छन्।
जनचेतना स्वास्थ्य आमा समूहको आयोजनामा सुत्केरी आमा श्रीमती डिल कुमारी खड्का र फुलबारी स्वास्थ्य आमा समूहको पहलमा गर्भवती आमा श्रीमती संगिता बिकलाई घर–घरबाट संकलन गरिएका पोषणयुक्त खाद्य सामग्री हस्तान्तरण गरिएको हो। अभियानमार्फत गर्भवती तथा सुत्केरी आमालाई स्थानीयस्तरमै उपलब्ध हुने पोसिला खाद्य पदार्थको प्रयोग तथा सन्तुलित आहारका विषयमा समेत जानकारी दिइएको थियो।

आमा समूहहरूले चामल, फापर, कालो दाल, केराउ, हरियो सागसब्जी, सिमी, मुला, फर्सी, केरा, सुन्तला, अण्डा, खाने तेल, मसला लगायतका स्थानीयस्तरमा उपलब्ध विभिन्न पोषणयुक्त खाद्य सामग्री संकलन गरी हस्तान्तरण गरेका हुन्।
पोषण परियोजना एभरेस्ट क्लब दैलेखमा कार्यरत निर्मला खड्का र शिशिर शाहीको सहजीकरणमा उक्त अभियान पहिलोपटक सञ्चालन गरिएको हो। अभियानलाई लाकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण बिष्टले आवश्यक सहयोग गरेका थिए।
कार्यक्रममा शिशिर शाहीले गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य सुधारका लागि स्थानीयस्तरमा उपलब्ध पोसिला खाद्य पदार्थको प्रयोग र सामुदायिक सहयोग प्रभावकारी हुने बताए। आमा समूहहरूले देखाएको एकता, सहयोग र सक्रियताले समुदायमा स्वास्थ्य, पोषण तथा सरसफाइसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।

लाकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण बिष्टले आमा समूहको सक्रियता र समुदायको सहभागिताले गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताए। स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।
त्यस्तै, डुङ्गेश्वर गाउँपालिका–२ का वडा अध्यक्ष यमबहादुर बिष्टले आमा समूहले सञ्चालन गरेको अभियान प्रशंसनीय र उदाहरणीय रहेको बताए। समुदाय आफैं अग्रसर भएर स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्नु सकारात्मक परिवर्तनको संकेत भएको भन्दै उनले आगामी दिनमा यस्ता अभियानलाई वडाबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal

“बाढीपछि सावधानी अपनाऔँ, रोगबाट आफू र परिवारलाई बचाऔँ।”“सफा पानी पिऔँ, सुरक्षित खाना खाऔँ—बाढीपछिका रोगबाट जोगिऔँ।”“जमेक...
03/09/2026

“बाढीपछि सावधानी अपनाऔँ, रोगबाट आफू र परिवारलाई बचाऔँ।”
“सफा पानी पिऔँ, सुरक्षित खाना खाऔँ—बाढीपछिका रोगबाट जोगिऔँ।”
“जमेको पानी हटाऔँ, लामखुट्टेको प्रजनन रोकौँ—डेंगुबाट बचौँ।”
“बाढीको पानीसँग सम्पर्कबाट बचौँ, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिऔँ।”
“बाढीपछि सानो लापरबाहीले ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ—सतर्क बनौँ।”
“स्वास्थ्यमा समस्या देखिए ढिला नगरी स्वास्थ्यकर्मीसँग परामर्श गरौँ।”
“आजको सावधानी, भोलिको स्वस्थ जीवन।”
“बाढीपछि सुरक्षित व्यवहार अपनाऔँ—संक्रमण फैलिन नदिऔँ।” Good Health स्वास्थ्य खोज Ministry of Health and Population-Nepal स्वास्थ्य सूचना

Address

Kathmandu

0977

Telephone

+9779851018589

Website

Alerts

Be the first to know and let us send you an email when Good Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Good Health:

Shortcuts

  • Want your business to be the top-listed health & beauty business?

Share