Team Mangal: Stronger Together

Website

Team Mangal: Stronger Together The “Dream Team” for NMA Election 2083

गत नेपाल चिकित्सक संघको निर्वाचनमा सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य, जुझारु, कर्मश...
25/08/2026

गत नेपाल चिकित्सक संघको निर्वाचनमा सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य, जुझारु, कर्मशील तथा लोकप्रिय युवा चिकित्सक डा. अमित झालाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉

तपाईंको आगामी वर्ष सफलता, सुख, समृद्धि र उपलब्धिले भरिपूर्ण रहोस्। सुस्वास्थ्य, सुख र निरन्तर प्रगतिको हार्दिक शुभकामना! 🙏
Amit Jha

Team Mangal was never just for an election. It is a movement. The people associated with it are capable, strong, ethical...
17/06/2026

Team Mangal was never just for an election. It is a movement. The people associated with it are capable, strong, ethical and talented in their respective fields.

I would like to extend my heartfelt congratulations to our sister, Chandani, for securing a position at the 11th level through the Madhesh Province Public Service Commission.

Chandani, you are part of the future of healthcare in Madhesh and Nepal as a whole . Keep moving forward with confidence and dedication.

Congratulations and best wishes for your bright future! 🌹👏

10/06/2026

यदि एनएमए ठीक ठाउँमा भएको भए म अध्यक्षमा उठ्दिनथेँ। सुधार गर्नुपर्ने धेरै कुरा छन् । सबैभन्दा पहिले, एउटा राजनीत.....

06/05/2026

Congratulations to Team Badri for outstanding election result.m securing 14/19 posts. Team Mangal secured four post in this election.

Thank you to all voters for bestowing such love for our team.

28/04/2026

भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, प्रहरीको उपस्थितिमा दिइएको डर तथा धम्की, र त्यसपश्चात् सामाजिक सञ्जालमा देखिएका अराजक तथा ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्तिहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाउँदछौँ। हामी भेरीका चिकित्सकहरूसँग निरन्तर संवादमा छौँ।

स्वास्थ्यकर्मीहरू बिरामीको जीवन रक्षा र सेवामा समर्पित पेशाकर्मी हुन्। उनीहरूमाथि यस प्रकारको दुर्व्यवहार, धम्की तथा मानसिक आतंक सिर्जना हुनु अत्यन्त निन्दनीय कार्य हो। यस्ता गतिविधिहरूले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीको विश्वसनीयता र प्रभावकारितामाथि समेत गम्भीर असर पार्दछ। साथै, यस्ता कार्यहरू मुलुकी फौजदारी कार्यविधिको अनुसूची–१ बमोजिमका कसुर भएकाले यसमा मिलापत्र गर्न नमिल्ने व्यवस्था रहेको कुरा पनि स्पष्ट पार्न चाहन्छौँ।
प्रहरीको उपस्थितिमा समेत चिकित्सकमाथि डर र धम्की दिनु विधिको शासनमाथि नै चुनौती दिने कार्य हो। त्यस्तै, सामाजिक सञ्जालमा खुलेआम ज्यान मार्ने धम्की दिनु अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हो, जसलाई कुनै हालतमा सहन सकिँदैन।

यस घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सम्बन्धित निकायसँग हामी जोडदार माग गर्दछौँ। साथै, स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न विद्यमान कानूनी प्रावधानहरूको कडाइका साथ कार्यान्वयन गर्न तथा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक दुई वर्षदेखि स्वास्थ्य तथा गृह मन्त्रालयले थन्काएर राखेको ‘शून्य सहनशीलता’ सम्बन्धी कार्यविधि र निर्देशिका तत्काल जारी गर्न माग गर्दछौँ।

स्वास्थ्यकर्मीहरूको सुरक्षा र गरिमा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।

3 more days to go for the NMA election in KTM Choose your leader for NMA
28/04/2026

3 more days to go for the NMA election in KTM
Choose your leader for NMA

27/04/2026

हाम्रो सदस्य उम्मेदवार डा पल्पसा श्रेष्ठ
Palpasa Shrestha

न्यून तलब, लामो ड्युटी समय,
र पटक–पटक इमर्जेन्सी वा ओपीडीमा उपचार नबुझीकन ठाडो प्रश्न गर्ने तथाकथित अभियन्ताहरू,
साथै उच्छृंखल भीडबाट बिना कारण शारीरिक र मानसिक हमला सहन बाध्य भएका हामी सबै चिकित्सकहरूको एउटै आवाज हो — Team Mangal.
हामी यस्तो स्वास्थ्य प्रणाली चाहन्छौं जहाँ
👉 चिकित्सकहरूको सम्मान सुरक्षित होस्
👉 न्यायोचित तलब सुनिश्चित होस्
👉 reasonable duty hours लागू होस्
👉 र कार्यस्थल सुरक्षित र गरिमामय बनोस्
डा. पल्पसा यी सबै मुद्दामा ZERO TOLERANCE को स्पष्ट अडान राख्नु हुन्छ।
उहाँ तलब वृद्धि र व्यवस्थित ड्युटी समय सुनिश्चित गर्न ठोस कदम चाल्न पूर्ण रूपमा प्रतिबद्ध हुनुहुन्छ।
अब समय आएको छ —
👉 आवाज उठाउने
👉 परिवर्तन ल्याउने
👉 र सही नेतृत्व रोज्ने

27/04/2026

हाम्रा सुदूरपश्चिमका VP/Coordinator उम्मेदवार
डा. नीरज अर्याल Niraj Aryal

सुदूरपश्चिमाञ्चलको स्वास्थ्य अवस्था नजिकबाट नियाल्दै आउनुभएका डा. नीरज अर्यालज्यूले काठमाण्डौं बाहिर सम्पन्न निर्वाचनमा सक्रिय सहभागिता जनाउनु भएका सम्पूर्ण चिकित्सकहरूलाई Team Mangal को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँले काठमाण्डौं भित्र हुन गइरहेको निर्वाचनमा पनि अझ व्यापक सहभागिता जनाउन, NMA को निर्वाचन सफल बनाउन, र हाम्रो मेडिकल फ्रेटर्निटीका लागि सही नेतृत्व चयन गर्न सम्पूर्ण चिकित्सकहरूलाई अपिल गर्नुभएको छ।

Kindly watch the video to the end.
Thank you

Address

Nepal Medical Association
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Team Mangal: Stronger Together posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share