Dr Shuvam Kumar Agrawal

Call Directions Contact the business

Dr Shuvam Kumar Agrawal Koirala Institute of Health Sciences, Nepal

Bachelor's Graduate, Lions University

Doctor by Profession । Human by Heart
Palliative Physician । Cancer Activist

Palliative Medicine, MNJ Institute of Oncology & Regional Cancer Center, Hyderabad

MBBS, B.P.

अब मैने सौंप दिया, जीवन का सारा भार तुम्हारे हाथों में,अब मैने मान लिया, अपनी हर हार-जीत है तुम्हारे हाथों में।जय श्री श...
16/09/2026

अब मैने सौंप दिया, जीवन का सारा भार तुम्हारे हाथों में,
अब मैने मान लिया, अपनी हर हार-जीत है तुम्हारे हाथों में।
जय श्री श्याम।

क्योंकि मेरे श्याम बाबा ने मुझे खाटू बुलाया है...खाटू श्याम की कृपा सब पर बनी रहे। जय श्री श्याम 🙏
14/09/2026

क्योंकि मेरे श्याम बाबा ने मुझे खाटू बुलाया है...
खाटू श्याम की कृपा सब पर बनी रहे।
जय श्री श्याम 🙏

Meeting him is always a joy. Academically, I am his "senior", but when it comes to technology and practical lessons of l...
13/09/2026

Meeting him is always a joy. Academically, I am his "senior", but when it comes to technology and practical lessons of life, he is my "Guru". Cheers to the moments, the memories and this beautiful bond, Lion Dr. Madhusudan Madhav bhai!

Some moments don’t need words, they simply touch the soul. A mother’s hands, a heart full of faith and an act of kindnes...
04/09/2026

Some moments don’t need words, they simply touch the soul. A mother’s hands, a heart full of faith and an act of kindness offered without expecting anything in return. Perhaps this is what makes our traditions so beautiful; they teach us that love, compassion and seva are themselves a form of prayer.

May Lord Krishna bless all with good health, peace and countless moments of happiness. Jai Shri RadheKrishna. Happy Krishnastami!!

Some moments take you back to a childhood you never realized you’d miss so much. Being with Naniji, Mamajis, Mamijis and...
22/08/2026

Some moments take you back to a childhood you never realized you’d miss so much. Being with Naniji, Mamajis, Mamijis and the little ones felt like stepping back into those carefree days of laughter, love and togetherness.

Years pass, people grow, but some memories always feel like home. Grateful for a family that makes the heart feel young again.

See you again soon. Until then, I’ll carry these moments, these smiles and a little piece of my childhood in my heart. Yes, some goodbyes are never really goodbyes, just a "see you again".

29/07/2026

हामी जन्मिने बित्तिकै लिने पहिलो उपहार स्वच्छ सास हो। तर आज, यही सास धुवाँ, धुलो र प्रदूषणको भारी बोकेर बाँच्न बाध्य छ।

हामी प्रायः परिवर्तन अरूबाट सुरु होस् भन्ने चाहन्छौं। तर पृथ्वीलाई बचाउने सबैभन्दा ठूलो क्रान्ति आफ्नै जिम्मेवारी स्वीकार गर्ने क्षणबाट सुरु हुन्छ।

एउटा रूख रोप्नु, फोहोर नजलाउनु, अनावश्यक सवारीको प्रयोग घटाउनु, वातावरणलाई सम्मान गर्नु, यी साना कदमहरू नै भोलिको स्वच्छ आकाश र स्वस्थ जीवनका आधार हुन्।

स्वच्छ हावा कसैले उपहार दिने होइन, हामी सबैले मिलेर सिर्जना गर्ने भविष्य हो।

मेरो सानो प्रयास, एउटा ठूलो विश्वास, "स्वच्छ हावा मबाट सुरु हुन्छ।" 🌱💚






 अस्पतालमा भर्ना छोरीलाई सायद थाहा छैन, उसको बुबाले मनभित्र कति डर लुकाएका छन् तर बुबालाई थाहा छ, आफ्नो औंला समातेकी यो ...
27/07/2026


अस्पतालमा भर्ना छोरीलाई सायद थाहा छैन, उसको बुबाले मनभित्र कति डर लुकाएका छन् तर बुबालाई थाहा छ, आफ्नो औंला समातेकी यो सानी परी नै उनको सबैभन्दा ठूलो हिम्मत हो।

जीवनमा सबै कुरा हराउन सक्छ, तर बुबाको हात समातेकी छोरीले कहिल्यै आफूलाई एक्लो महसुस गर्दिन। किनकि संसारले साथ छोडे पनि, बुबाको हात कहिल्यै छुट्दैन।

हो, बुबाको हात समातेर हिँड्ने यी साना पाइला केवल अस्पतालको गल्ली पार गरिरहेका छैनन्, यी त विश्वास, साहस र प्रेमको बाटो हिँडिरहेका छन्। साच्चै, कहिलेकाहीँ अस्पतालका यी मौन गल्लीहरूमा पनि सबैभन्दा ठूलो औषधि कुनै औषधि होइन, एउटा "बुबाको साथ" र "छोरीको विश्वास" हुन्छ।

 नातिनी: हजुरआमा, घर जाऔँ न। हाम्रो आफ्नो घर भए पनि तपाईं किन यो अरुको ओछ्यानमा सुत्नुभएको?हजुरआमा (हल्का मुस्कुराउँदै):...
22/07/2026


नातिनी: हजुरआमा, घर जाऔँ न। हाम्रो आफ्नो घर भए पनि तपाईं किन यो अरुको ओछ्यानमा सुत्नुभएको?

हजुरआमा (हल्का मुस्कुराउँदै): अलिकति बिरामी परेँ, नानी। छिट्टै निको भएर तिमीसँगै घर जान्छु।

नातिनी (सानो स्टुलमा उभिँदै हात समातेर): तपाईंको हात त चिसो छ, दुखिरहेको छ?

हजुरआमा: दुखाइभन्दा पनि तिम्रो चिन्ता धेरै लागिरहेको छ।

नातिनी: तपाईंलाई यहाँ डर लाग्दैन?

हजुरआमा (आँखा रसाउँदै): तिमी मेरो हात समातेर बसेपछि त सबै डर हराउँछ, नानी।

नातिनी: हजुरआमा, तपाईं कहिले घर फर्किनुहुन्छ? मलाई अझै धेरै कथा सुन्न बाँकी छ। तपाईंले नै मेरो कपाल बाँधिदिनुपर्छ, अनि मसँगै सुत्नुपर्छ।

हजुरआमा (आँसु लुकाउँदै): भगवानले चाहे भने चाडै फर्किन्छु। तर यदि कहिल्यै ढिलो भयो भने सम्झिनु, मेरो माया तिम्रो हरेक मुस्कानमा, हरेक सफलतामा, सधैं तिमीसँगै हुनेछ।

नातिनी (अँगालो हाल्दै): मलाई कथा होइन तपाईं चाहिन्छ, हजुरआमा।

हजुरआमा: रुनु हुँदैन, नानी। तिम्रो एउटा मुस्कानले म मेरो सबै पीडा बिर्सिन्छु।

हो, कहिलेकाहीँ अस्पतालका ओछ्यानमा "औषधि" ले भन्दा धेरै "हौसला" यि साना न्याना "स्पर्श" र निस्वार्थ "माया" ले दिने गर्छन्।

आज मम्मीको एउटा ठूलो "सपना" पूरा भयो। केही समयअघि मम्मी कोशी अस्पताल जानुभएको थियो। त्यहाँ उहाँले धेरै यस्ता बिरामी र कु...
20/07/2026

आज मम्मीको एउटा ठूलो "सपना" पूरा भयो।

केही समयअघि मम्मी कोशी अस्पताल जानुभएको थियो। त्यहाँ उहाँले धेरै यस्ता बिरामी र कुरुवाहरू देख्नुभयो, जसका लागि उपचार त परको कुरा, एक छाक खाना जुटाउनु पनि ठूलो संघर्ष थियो। त्यो दृश्यले उहाँको मन धेरै छोएको थियो र उहाँले मलाई भन्नुभएको थियो, "कहिल्यै अवसर मिल्यो भने यहाँ आएर बिरामी र कुरुवाहरूलाई खाना खुवाउन मन छ।"

आज डा. प्रमोद मेहताको सहयोगले मम्मीको त्यो इच्छा पूरा भयो। उहाँले आफ्नै हातले खाना पकाएर वितरण गर्नुभयो। उहाँको अनुहारको सन्तुष्टि र आँखाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन।

जीवनमा ठूला उपलब्धिभन्दा पनि यस्ता साना-साना मानवीय इच्छाहरू पूरा हुँदा मन असाध्यै हलुका र भरिएको महसुस हुँदोरहेछ। मम्मीको बकेट लिस्टबाट आज अर्को एउटा इच्छा पूरा भयो। हो, साच्चै कसैको भोक मेटाउन पाउनु नै शायद सबैभन्दा सुन्दर सेवा हो।

 बिराटनगरको व्यस्त बजारमा हरेक दिन एउटा परिचित दृश्य दोहोरिन्छ, हाम्रा "हजुरबुबा" आफ्नो पुरानो ठेला आफैँ धकेल्दै चिनियाब...
17/07/2026


बिराटनगरको व्यस्त बजारमा हरेक दिन एउटा परिचित दृश्य दोहोरिन्छ, हाम्रा "हजुरबुबा" आफ्नो पुरानो ठेला आफैँ धकेल्दै चिनियाबदाम बेच्न निस्कनुहुन्छ। धेरैले उहाँलाई देख्छन्, तर उहाँको जीवनकथा भने कमैले पढ्न सक्छन्। उहाँको उमेर कति भयो भन्ने प्रश्नको उत्तर उहाँसँग पनि छैन। समयले वर्ष गन्न छोडिसकेको छ, तर पेटले भने कुनै दिन छुट्टी लिँदैन।

आज बिहानदेखि ज्वरोले शरीर हनहनी पोलिरहेको थियो। मन र शरीर दुवै थाकेका थिए। आराम गर्नुपर्ने अवस्था थियो। तर जीवनले बिरामी हुने सुविधा कहाँ दिन्छ र? त्यसैले फेरि पनि उहाँले त्यही पुरानो ठेला समात्नुभयो। थाकेका पाइला अघि बढे। पसिना, ज्वरो र कमजोरीसँग लड्दै बजारतिर लाग्नुभयो, किनकि आज चुलो बाल्नु छ।

हामीमध्ये धेरैले एउटा दिन अफिस नगए पनि तलब आउँछ। एउटा दिन पसल बन्द गरे पनि धेरै फरक पर्दैन। तर उहाँजस्ता हजारौं मानिसका लागि एक दिनको "विश्राम" भनेको एक दिनको "भोक" हो। हो, जीवन साँच्चै कसैका लागि विकल्प हो, कसैका लागि बाध्यता।

यदि कहिल्यै उहाँजस्ता श्रमिकसँग भेट भयो भने, सकेसम्म मोलतोल नगरौँ। एउटा मुस्कान दिऔँ, सम्मान दिऔँ र सम्भव भए उनीहरूबाट केही किनौँ। कहिलेकाहीँ हाम्रो सानो सहयोग कसैको घरमा आजको चुलो बल्ने कारण बन्न सक्छ।

हरेक मुस्कुराइरहेको अनुहार पछाडि एउटा नदेखिएको संघर्ष लुकेको हुन्छ। त्यसैले मानिसलाई उसको रंग, रुप र कपडाले होइन, उसको संघर्षले सम्मान गर्न सिकौँ।

(DM for more details about him and follow me for more stories like this! 😊)

Address

Biratnagar
56613

Telephone

+9779804393431

Website

Alerts

Be the first to know and let us send you an email when Dr Shuvam Kumar Agrawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr Shuvam Kumar Agrawal:

Shortcuts

Share