19/01/2026
न्यानो ज्याकेट केवल जाडोबाट जोगाउने साधन मात्र होइन—यसले माया, सुरक्षा र आशाको अनुभूति पनि दिलाउँछ।
Dirghayu Nepal को सहयोगी संस्था श्री उपकारी सेवा प्रतिष्ठान ले परिवारबाट अलग भई देवघाटका आश्रमहरूमा बसोबास गरिरहेका ७० भन्दा बढी किशोरीहरूलाई न्यानो ज्याकेट वितरण गरेको छ।
यस सानो तर अर्थपूर्ण पहलले जाडोको कठ्याङ्ग्रिने मौसममा उनीहरूलाई न्यानोपन मात्र होइन, उनीहरू एक्ला छैनन् भन्ने भरोसा पनि दिएको छ।
संवेदनशील बालबालिका र किशोरीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर साथ दिँदै आएको श्री उपकारी सेवा प्रतिष्ठान प्रति Dirghayu Nepal हार्दिक आभार व्यक्त गर्दछ।