04/10/2026
🌸 निःशुल्क पाठेघरको क्यान्सर स्क्रीनिङ स्वास्थ्य शिविर 🌸
महिलाहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा समयमै सम्भावित जोखिम पहिचान गर्ने उद्देश्यले Apollo Lifecare Pvt. Ltd. र Lions Club of Kathmandu Makhamali तथा Lions Club of Kathmandu Miracle को संयुक्त आयोजनामा निःशुल्क पाठेघरको क्यान्सर स्क्रीनिङ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
महिलाको स्वास्थ्य, सम्मान र सुरक्षित भविष्यका लागि गरिएको यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, Lions सदस्यहरू, स्वयंसेवक, सहयोगी संस्था तथा सहभागी सम्पूर्ण दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️
यस्ता जनमुखी स्वास्थ्य अभियानहरूले समुदायमा स्वास्थ्य सचेतना बढाउँदै समयमै परीक्षण, समयमै पहिचान र समयमै उपचारको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।
स्वस्थ महिला, स्वस्थ परिवार, स्वस्थ समाज। 🌸
🙏 सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद! 🙏
Apollo Lifecare Pvt. Ltd.
Lions Club of Kathmandu makhamali
Lions Club of Kathmandu Miracle