05/09/2026
:
🩺 “हरेक पेट दुखाइलाई IBS भनेर नछोड्नुहोस्!”
पेट दुख्ने, पेट फुल्ने, ग्यास हुने वा दिसाको बानी परिवर्तन हुने समस्या धेरैलाई हुन्छ। तर IBS र IBD एउटै रोग होइनन्।
🟢 IBS (Irritable Bowel Syndrome)
आन्द्राको कार्यसम्बन्धी समस्या हो। पेट दुख्ने, पेट फुल्ने, कब्जियत वा पखाला हुने जस्ता लक्षण देखिन सक्छन्।
🔴 IBD (Inflammatory Bowel Disease)
आन्द्रामा वास्तविक सूजन हुने रोग हो, जसमा Ulcerative Colitis वा Crohn’s Disease जस्ता अवस्था पर्न सक्छन्। लामो समयसम्म पखाला, दिसामा रगत, तौल घट्ने, ज्वरो वा अत्यधिक कमजोरी भएमा विशेष जाँच आवश्यक हुन्छ।
⚠️ दिसामा रगत, लगातार पखाला, कारणबिनाको तौल घट्नु, ज्वरो वा राति उठाएर दिसा लाग्नु जस्ता लक्षणलाई सामान्य ग्यास भनेर बेवास्ता नगर्नुहोस्।
🌿 सही रोग पहिचान → सही उपचार → स्वस्थ पाचन प्रणाली
डा. विवेक गुप्ता
आयुर्वेद चिकित्सक
आयुर्वेद, योग तथा स्वस्थ आहार–विहारमार्फत समग्र स्वास्थ्यको हेरचाह
📍 अंकुर आयुर्वेद उपचार केन्द्र, सेतोपुल–३०, काठमाडौं
“पेटको समस्या दबाउने होइन, कारण बुझेर समाधान खोजौँ।”