Vinayak Pharmacy

Call Directions Website Contact the business

Vinayak Pharmacy Vinayak Pharmacy provides pharmaceutical, cosmetics,nutritional products at nominal rate to local community and people passing through the highway

03/10/2026

ग्राहक: "ज्वरोको ओषधि दिनु न।"
म: [मेडोमोल ट्याब्लेट अगाडि बढाउँछु]
ग्राहक: "अहँ, यो होइन! नीलो पत्ता (Blue Strip) भएको दिनुस्।"
म: "दुवै एउटै त हो नि, दुवैमा प्यारासिटामोल नै हुन्छ।"
ग्राहक: "कति पर्छ यसको?"
म: "१० रुपैयाँ।"
ग्राहक: "१० रुपैयाँको ओषधिले पनि ज्वरो निको हुन्छ र?!"
म: 😇 (मनमनै फर्माकोलोजीका सिद्धान्तहरू सम्झिँदै मौन व्रत!)

Customer: "Give me something for fever."
Me: [Hands over Medomol]
Customer: "No, not this one. Give me the blue strip."
Me: "They’re identical—both are Paracetamol 500mg, just different packaging."
Customer: "How much is it?"
Me: "10 rupees."
Customer: "How is a 10-rupee tablet supposed to cure my fever?!"
Me: 😇 (Silently praying to the gods of pharmacology)

24/09/2026
20/08/2026
20/08/2026

औषधिसँग मिलाएर दिइएको एउटा नयाँ खोप परीक्षणका क्रममा बिरामीहरूमा छालाको क्यान्सर पुन: देखिएन - वैज्ञानिकहरू
पूरा समाचार : https://bbc.in/4wyOU7n

20/08/2026

शरीरमा हुने अत्याधिक ज’ल’नको कारण पाँच वर्षदेखि पोखरीमै जीवन बिताउँदै थिए १६ वर्षीय किशोर, पानीमै खान्थे र सुत्थे।अनन्त अम्बानीले गरे उद्धार

पश्चिम बंगालका १६ वर्षीय इकबाल शेखको जीवनको कथा सुन्दा जो–कोहीलाई भावुक बनाउँछ। शरीरमा हुने अत्यधिक ज’ल’नको कारण उनी विगत पाँच वर्षदेखि पोखरीमै बस्न बाध्य थिए।

शरीरमा जलन बढ्ने भएकाले पानीबाहिर निस्कनासाथ उनलाई असह्य पीडा हुने गरेको बताइएको छ। त्यसैले उनी लामो समय पोखरीको पानीमै बिताउँथे। उनको दैनिकी नै पानीभित्र खाने, पानीमै बस्ने र त्यहीँ सुत्नेसम्म पुगेको थियो।

सामान्य बालबालिकाझैँ घरमा बसेर पढ्ने, खेल्ने र परिवारसँग समय बिताउने उमेरमा इकबालको जीवन भने वर्षौँदेखि पोखरीको पानीमा सीमित भएको थियो। उनको अवस्था देखाउने भिडियो तथा समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पीडादायी जीवनबारे व्यापक चर्चा भयो।

यही क्रममा उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले इकबालको अवस्थाबारे जानकारी पाए। उनले इकबालको उद्धार तथा उपचारका लागि आफ्नो टिम परिचालन गरेको बताइएको छ।

अनन्त अम्बानीको पहलपछि इकबाललाई उद्धार गरी विशेषज्ञ उपचारका लागि मुम्बई लगिएको छ। उनलाई सर एच.एन. रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण तथा उपचार सुरु गरेको बताइएको छ।

पाँच वर्षदेखि पोखरीमै आफ्नो पीडा कम गर्ने प्रयास गर्दै आएका इकबालका लागि अहिले भने उपचारको आशा जागेको छ। परिवारले पनि विशेषज्ञ चिकित्सकको उपचारपछि उनको जीवन सामान्य बन्ने आशा गरेको छ।

एक किशोरले वर्षौँसम्म पानीमै बस्न, खान र सुत्नुपर्ने बाध्यता भोगेको यो घटनाले स्वास्थ्य समस्या र आर्थिक अभावका कारण उपचारबाट वञ्चित मानिसहरूको अवस्थालाई समेत उजागर गरेको छ। अनन्त अम्बानीको पहलपछि इकबालले अब आफ्नो जीवन परिवर्तन हुने आशा पाएका छन्।

28/07/2026

Dopamine and serotonin don’t just affect mood… they shape how your brain networks talk to each other. A fascinating study shows that these two neurotransmitters have opposite effects on resting-state networks:

• Dopamine tends to boost activity and connectivity in externally focused networks like the salience and sensorimotor systems

• At the same time, it reduces activity in the default mode network (your inward, self-referential system)

• Serotonin, on the other hand, shows the reverse pattern, supporting internal processing and stabilizing default-mode activity.

In simple terms, dopamine pushes the brain outward toward action and attention
Serotonin pulls it inward toward reflection and balance

This dynamic balance may help explain why disruptions in these systems are linked to conditions like depression, anxiety, and schizophrenia.

Your brain isn’t just chemical. It’s a network constantly shifting between inner and outer worlds. Finally, I want to add that not everyone gets access to what I share behind the scenes in my community that is growing fastly and make you more connected to me, join me here: https://www.patreon.com/betterbrain

Reference: Shafiei et al. (2019).

28/07/2026

हात्ती पाइले (Elephantiasis) के हो?
हात्ती पाइले भनेको Elephantiasis (लिम्फाटिक फिलेरियासिस) हो।
यो रोगमा खुट्टा, हात वा जननांग अत्यधिक सुन्निने (ठूलो हुने) हुन्छ र छाला बाक्लो तथा कडा बन्छ।
👉 यो मुख्यतया लामखुट्टेबाट सर्ने परजीवी (parasite) को कारण हुन्छ।

कसरी हुन्छ (Causes)
-संक्रमित लामखुट्टेले टोक्दा शरीरमा कीरा (filarial worms) पस्छ
-यी कीराले lymphatic system (शरीरको तरल बग्ने प्रणाली) बन्द गर्छ
-त्यसपछि शरीरमा पानी जमेर सुन्निने(swelling) हुन्छ

लक्षणहरू (Symptoms)
-खुट्टा वा हात धेरै सुन्निनु
-छाला बाक्लो, कडा र खस्रो हुनु
-दुखाइ वा भारी महसुस हुनु
-बारम्बार संक्रमण (infection) हुनु
-ज्वरो आउनु (कहिलेकाहीँ)

हुन नदिन के गर्ने (Prevention)
-लामखुट्टेबाट बच्ने (मच्छरदानी प्रयोग गर्ने)
-घर वरिपरि पानी जम्न नदिने
-पूरा शरीर ढाकिने कपडा लगाउने
-सरकारबाट दिइने deworming/filariasis औषधि समयमै खाने

उपचार र Care (Treatment & Care)
ध्यान दिनुपर्ने कुरा:
यो रोग सुरुमा उपचार गरेमा नियन्त्रण गर्न सकिन्छ, तर ढिलो भएमा पूर्ण रूपमा निको हुन गाह्रो हुन्छ।

मेडिकल उपचार
-डाक्टरले दिने औषधि (जस्तै: Diethylcarbamazine)
-Antibiotics (infection भएमा)
-कहिलेकाहीँ सर्जरी

घरमै Care गर्ने तरिका
-दैनिक साबुन पानीले खुट्टा सफा गर्ने
-सधैं सुक्खा राख्ने
-खुट्टा उचालेर राख्ने (swelling कम गर्न)
-हल्का exercise गर्ने
-छाला फुट्न नदिने (moisturizer प्रयोग गर्ने)

घरेलु उपाय (Home Remedies)
यी सहयोगी मात्र हुन्, उपचारको विकल्प होइनन्:
-नुनपानीले खुट्टा धुने
-सफा कपडाले पुछेर सुक्खा राख्ने
-बेसार (turmeric) ले सानो infection कम गर्न मद्दत गर्न सक्छ
-तातो पानीले सेक (warm compress)

निको हुन्छ कि हुँदैन?
-सुरुवाती अवस्थामा: राम्रोसँग नियन्त्रण र सुधार सम्भव हुन्छ
-ढिलो अवस्थामा: सूजन पूर्ण हट्न गाह्रो, तर care गरेर कम गर्न सकिन्छ

महत्वपूर्ण सुझाव
-लामखुट्टेबाट जोगिनु नै सबैभन्दा ठूलो बचाउ हो
-खुट्टा सुन्निन थालेपछि बेवास्ता नगर्नु
-छिटो स्वास्थ्यकर्मी/डाक्टरसँग सल्लाह लिनु

Address

Nepale
33003

Opening Hours

Monday 05:30 - 17:00
Tuesday 05:30 - 17:00
Wednesday 05:30 - 17:00
Thursday 05:30 - 17:00
Friday 05:30 - 17:00
Saturday 05:30 - 17:00
Sunday 05:30 - 17:00

Telephone

0097778501186

Alerts

Be the first to know and let us send you an email when Vinayak Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vinayak Pharmacy:

Shortcuts

Share